कोरोनाबाट विश्वमा संक्रमितको संख्या नाघ्यो ३० लाख

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारी अमेरिकासहितका अधिकांश देशमा उच्चतह पुगेर ओरालो लागे पनि संक्रमित र मृत्यु हुनेको संख्या लगातार बढ्ने क्रम जारी छ ।

विश्वमा अहिलेसम्ममा संक्रमितको संख्या ३० लाख ३६ हजार भन्दा बढी पुगेको छ । यस्तै विश्वभर मृत्यु हुनेको संख्या दुई लाख १० हजार नाघेको छ ।

जोन हप्किन्स विश्व विद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वमा अहिलेसम्म कम्तिमा दुई लाख १० हजार ८०४ जनाको कोभिड–१९ का कारण निधन भएको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा सोमबार कम्तिमा १२ सयजनाको मृत्यु भएसँगै कुल ज्यान गुमाउनेको संख्या ५६ हजार १४४ पुगेको छ । यस्तै अमेरिकामा संक्रमितको संख्या ९ लाख ८७ हजार भन्दा बढी रहेको छ ।

इटाली र स्पेन दुवैमा कम्तिमा ३३० जनाको सोमबार मृत्यु भयो । इटालीमा अलिहेसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २६ हजार ९७७ तथा स्पेनमा २३ हजार ५२१ रहेको छ ।

यस्तै फ्रान्समा ज्यान गुमाउनेको संख्या २३ हजार २९३ पुगेको छ भने बेलायतमा ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ।

Loading...