दैनिक १ हजारभन्दा बढीलाई पाँच तारे खाना बाडिने त्यो ठाउँ

बैशाख १५ ,काठमाडौँ   । सडक छेउमा सानो त्रिपाल, त्यसमुनि एउटा टेबल, नारायणगोपाल चोकबाट सय मिटर अगाडिको चक्रपथ । बिहान दश बज्नै लाग्दा त्रिपाल वरिपरी टुक्रुक बसेका देखि उभिएका बालबालिका, बृद्ध, महिला देखि युवाहरुको समुह ।

सबैका आँखाहरु घरि टेवल त घरी दायाँपट्टीको निर्माणाधिन् भवन नियाल्दै गरेका देखिन्थ्ये । प्रष्ट अनुमान लगाउन सकिन्थ्यो कसैको प्रतिक्षा भईरहेको छ । दायाँ बायाँका सडक, अनी चक्रपथको मुख्य रोडबाट क्रमशः केहि पाइलाहरु अघि बढीरहेका थिए ।

केहि व्याक्ति त्यहि निर्माणधिन अरिकल इभेन्टस्को भवनबाट निस्किए । त्यो देख्नासाथ बसिरहेका सबै सतर्क भए । जब प्याकिङ गरिएका बक्साहरु टेवलमा राखियो । सबै लाईन लागे अनी फटाफट बक्सा समाउँदै पछि हटे । त्यो प्याकेटभित्र थियो तयारी खाना । कोरोनाको संत्रासकाबीच लकडाउनका कारण समस्यामा परेकाहरु सहजै यसरी खाना पाएकोमा हर्सित देखिन्थ्ये । कोहि त्यहि छेउछाउ बसेर खान थाले भने केहि बोकेर आफ्नो गन्तव्यतर्फ लागे ।

यो दृश्य हो आइतवार, काठमाडौं महानगरपालीका वडा नम्बर ३ स्थित बसुन्धराको । जहाँ बसुन्धरा निवासी समाजसेवी, व्यवसायी तथा तत्कालिन नेकपाका केन्द्रीय लेखा आयोग सदस्य होम बुढाथोकी एक्लैले लगातार ६ दिनदेखि विपन्न र अलपत्र परेका बटुवाहरुलाई खाना खुवाइरहेका छन् । खाना खुवाउन सुरु गरेको दिन तीन सय बढी व्यात्तिहरु आएपनि त्यसपछिका दिनमा दैनीक एक हजार देखि १४ सय जतिले खाना खाईरहेका छन् ।

सो क्षेत्रमा कार्यरत मजदुरहरुले खानै नपाएको गुनासो आएपछि बुढाथोकिले स्थानीय वडासँग अनुमती लिएरै गत सोमवारदेखि खाना खुवाउन थालेको बताउनु भयो ।

 
Loading...