कसरि अपहरण ? पुर्व आईजिपी खनालले तेर्स्याए १० तर्क

  बैशाख १४,काठमाडौँ ।   पूर्व संघीय समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरु र कानुन व्यवशायीहरुको दवावका बीच प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ ।

यसैबिच पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आफु बिरुद्द लगाइएको आरोप बिपक्षमा १० वटा तर्क तेर्स्याएको छ ।

माननीय महेश बस्नेत ,माननीय किसान श्रेष्ठ र पुर्व आईजिपी सर्वेन्द्र खनाल ले पुर्व स्वास्थ्य मन्त्री डा.सुरेन्द्र यादव लाई अपहरण गरेको भन्ने आरोप निम्न तथ्यहरुले ले झुटो छ:- 

१. डा. सुरेन्द्र यादव जो पिएसओ बोकेर हिंडेका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा वर्तमान सांसद महोत्तरीदेखि काठमाडौं सम्म आउँदा आफुले अपहरणमा परेको भनेर कतै प्रतिवाद किन नगरेको र गुहार किन नमागेको ?
२. डा. यादवको पिएसओले समेत अपहरणको सूचना प्रहरीलाई किन नदिएको ?
३. आफ्नो स्वविवेक नभएका र राजनीतिका कच्चा खेलाडी जस्ले मन्त्री पदको लोभमा दोधार दोधारमै काठमाडौ आए किन लिन नसकेको स्पस्ट विचार ?
४. बाटोमा प्रधानमन्त्रीका नीजि सचिव सँग पनि फोनमा कुरा गरेको थियो नि ,उसलाई पनि त भनेको हुनु पर्थ्यो ?
५. घरमा खाना खाई भिनाजु समेत गाडिमा लिएर आएकै आएको थियो त ।
६. स्वयम् यादवले फोन अर्को गाडीमा छुटेकाले सम्पर्क हुन नसकेको र डा. बावुराम भट्टराई लाई फोन गर्न नयाँ फोन नम्बर दिएको र बाटा बाट फोन गरेर उपेन्द्र यादव लाई कहाँ अाउ भनेर सोधेको भनी अन्तर्वार्ता दिएकै हो त
७. काठमाडौं आईपुग्नु अगावै मध्ये रातमा पार्टी मिल्लेकाले समाजबादी पार्टी फुटने अवस्था नरहेको र मन्त्रीको पद नपाउने भए पछि उपेन्द्र यादव लाई फ‍ोन गरी बाबुराम भट्टराई को गाडीमा होटेल बाट गएकै हो
८. काठमाडौं आएर दिएक‍ो सुरुसुरुकाे अन्तरवार्ताहरुमा उनी स्वंयमले अपहरण नै त भन्न मिल्दैन भनेकै हो , तीनदिन पछि अपहरण गरेको जाहेरी के हो त ?
९. पुर्व प्रधानमन्त्री भट्टराईले घरमा राखि अन्तर्वार्ता मा एकपछि अर्को परिवर्तन गर्न दवाब दिएकै हो
१०. काठमाडौं आउने क्रममा संसद यादव सग सम्पर्क नभए पछि बावुराम भट्टराई र उपेन्द्र यादवहरु आफ्नो संसद खोजी गर्न छोडेर किन मध्य रातमा पार्टी एकता घोषणा गर्न लागे त ?   

माननीय महेश बस्नेत ,माननीय किसान श्रेष्ठ र पुर्व आईजिपी सर्वेन्द्र खनाल ले पुर्व स्वास्थ्य मन्त्री डा.सुरेन्द्र यादव लाई अपहरण गरेको भन्ने आरोप निम्न तथ्यहरुले ले झुटो छ:-

Loading...