बैशाख ,१४ । पूर्व संघीय समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरु र कानुन व्यवशायीहरुको दवावका बीच प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ ।

यसैबिच पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आफु बिरुद्द लगाइएको आरोप बिपक्षमा १० वटा तर्क तेर्स्याएको छ ।

माननीय महेश बस्नेत ,माननीय किसान श्रेष्ठ र पुर्व आईजिपी सर्वेन्द्र खनाल ले पुर्व स्वास्थ्य मन्त्री डा.सुरेन्द्र यादव लाई अपहरण गरेको भन्ने आरोप निम्न तथ्यहरुले ले झुटो छ:-

१. डा. सुरेन्द्र यादव जो पिएसओ बोकेर हिंडेका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा वर्तमान सांसद महोत्तरीदेखि काठमाडौं सम्म आउँदा आफुले अपहरणमा परेको भनेर कतै प्रतिवाद गरेको र गुहार मागेको देखिदैन, 

२. डा. यादवको पिएसओले समेत अपहरणको सूचना प्रहरीलाई दिएको देखिदैन,

३. आफ्नो स्वविवेक नभएका र राजनीतिका कच्चा खेलाडी जस्ले मन्त्री पदको लोभमा दोधार दोधारमा काठमाडौ आए।

४. बाटोमा प्रधानमन्त्रीका नीजि सचिव सग पनि फोनमा कुरा गरेको

५. घरमा खाना खाई भिनाजु समेत गाडिमा लिएर आएको,

६. स्वयम् यादवले फोन अर्को गाडीमा छुटेकाले सम्पर्क हुन नसकेको र डा. बावुराम भट्टराई लाई फोन गर्न नयाँ फोन नम्बर दिएको र बाटा बाट फोन गरेर उपेन्द्र यादव लाई कहाँ अाउ भनेर सोधेको भनी अन्तर्वार्ता दिएको,

७. काठमाडौं आईपुग्नु अगावै मध्ये रातमा पार्टी मिल्लेकाले समाजबादी पार्टी फुटने अवस्था नरहेको र मन्त्रीको पद नपाउने भए पछि उपेन्द्र यादव लाई फ‍ोन गरी बाबुराम भट्टराई को गाडीमा होटेल बाट गएको,

८. काठमाडौं आएर दिएक‍ो सुरुसुरुका अन्तरवार्ताहरुमा उनी स्वंयमले अपहरण नै त भन्न मिल्दैन भनेको

,
९. पुर्व प्रधानमन्त्री भट्टराईले घरमा राखि अन्तर्वार्ता मा परिवर्तन गर्न दवाब दिएको

१०. काठमाडौं आउने क्रममा संसद यादव सग सम्पर्क नभए पछि बावुराम भट्टराई र उपेन्द्र यादवहरु आफ्नो संसद खोजी गर्न छोडेर किन मध्य रातमा पार्टी एकता घोषणा गर्न लागे,

 

Loading...