दार्जलिङ आन्दोलनका कमाण्डरको प्रहरी नियन्त्रणमै रहेका बेला रहस्यमय मृत्यु

प्रहरीले यातना दिएर ४० वर्षीय युवा नेताकाे मृत्यु भएकाे गाेजमाेकाे दावी

काठमाडाैं, ९ कार्तिक । दार्जलिङलार्इ छुट्टै राज्य बनाउन माग गर्दै सुरु भएकाे अान्दाेलनका एक कमाण्डरकाे रहस्यमय मृत्यु भएकाे छ । छुट्टै गोर्खाल्याण्डका लागि भएकाे अान्दाेलनमा निकै सक्रीयतापूर्वक नेतृत्व गरेका गोर्खा जनमुक्ति मोर्चा (गोजमो)का ४० वर्षीय नेता बरुण भुजेलकाे प्रहरी नियन्त्रणमै रहेका बेला मृत्यु भएकाे हाे ।

गाेजमाेले प्रहरीले यातना दिएर भुजेलकाे हत्या गरेकाे अाराेप लगाएकाे छ । माेर्चाका प्रमुख विमल गुरुले भुजेललार्इ प्रहरीले यातना दिएका कारण मृत्यु भएकाे दावी गरेका हुन् । कालिङपोङका काउन्सिलर समेत रहेका मोर्चा नेता बरुण भुझेलको बुधवार कालेकताको एक अस्पतालमा मृत घाेषणा गरिएकाे हाे । उनी गत जुन महिनादेखि प्रहरी नियन्त्रणमा रहेका रहेका थिए । ४० बर्षीय भुजेल क्रोनिक लिभर र पैन्क्रीअटाइटिस राेगबाट पिडित रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । यस्ताे अवस्थामा उनलार्इ हिरासतमा चर्काे यातना दिइएपछि त्यसकाे असरले मृत्यु भएकाे अाराेप लागेकाे छ ।

भुजेलको मृत्युपछि कालिङपोङ क्षेत्र पूरै बन्द गरिएकाे छ । भुजेलको निधनपछि गाेजमाेका प्रमुख विमल गुरुङले एक अडियो सन्देश जारी गर्दै यसका विरुद्ध सशक्त अान्दाेलनमा उत्रन दार्जलिङवासीलार्इ अाह्वान गरेका छन् ।

Loading...