नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा शाही

वैशाख १४ ,काठमाडौँ । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सम्प्रेषणका गर्नका लागि यो जिम्मेवारी शाहीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

नेपाल प्रहरी प्रवक्तामा यसअघिका प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री प्रहरी अतिरीक्त महानिरीक्षकमा बढुवा भएपछि प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी प्रवक्ताका रुपमा काम गर्दै आउनुभएको थियो ।

शाही यस आगाडी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुखको जिम्मेवारीमा रहनु भएका थिए ।

Loading...