लकडाउन १० थप दिन लम्बियो, वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौँ  । सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।

तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

Loading...