अमेरिकामा कोरोनाबाट मृत्यु हुने पुगे ३७ हजार बढी, संक्रमित ७ लाख नाघे

काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी पीडित अमेरिकामा यसको संक्रमणका कारण ३७ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७ लाख नाघेको छ।

नेपाली समय शनिबार बिहान सवा ६ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोनाबाट ३७ हजार १ सय ३५ जनाको मृत्यु भएको हो। यसैगरी यो भाइरसको संक्रमणमा पर्नेको संख्या ७ लाख ९ हजार २ सय १ पुगेको हो।

अमेरिकापछि कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी इटली र स्पेन आक्रान्त छन्। इटलीमा कोरोनाका कारण यो खबर लेख्दासम्म २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ भने स्पेनमा २० हजार २ जनाको मृत्यु भएको छ।

यसैगरी कोरोना संक्रमितको संख्या स्पेनमा १ लाख ९० हजार ८ सय ३९ तथा इटलीमा १ लाख ७२ हजार ४ सय ३४ पुगेको छ।

Loading...