कोरोना लागेर निको भइसकेकामा फेरि देखियो संक्रमण

एजेन्सी । एकपटक काेराेना भाइरस लागिसकेर निकाे भएका मान्छेलाइ फेरि काेराेनाले संक्रमण गर्ने भेटिएकाे छ । दक्षिण कोरियामा कोरोना संक्रमण निको भइसकेको भनिएका ११६ जनामा पुनः त्यसको संक्रमण देखिएको छ।

यसले संक्रमणको दोश्रो लहरबाट जोगाउन लागेका त्यहाँका स्वास्थ्य अधिकारीहरूमाथि प्रश्न खडा गरेको छ। यस्ता संक्रमण बितेको सातामा ५१ जनामा देखिएकोमा यो साता दोब्बरले बढेको छ।

सोमबार भने दक्षिण कोरियामा मात्र २५ जना नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो समय कोरियामा एक साता यता संक्रमितको संख्या निरन्तर कम हुँदै आइरहेको छ।

कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका (केसिडिसी) निर्देशक जियांगा इंन–क्योंगले बिरामीहरु पुनः संक्रमित भएको भन्दा पनि भाइरस पुनः सक्रिय भएको हुनसक्ने जनाएका छन् । स्वास्थ्य अधिकारीहरु अनुसार यसको वैज्ञानिक कारणको अध्ययन जारी नै रहेको छ।

‘यो संख्या अझै बढ्न सक्छ। जम्मा ९१ शुरुवात मात्र हो,’ कोरिया विश्वविद्यालय गुरो अस्पतालका संक्रामक रोगहरुका प्राध्यापक किम वू–जुले शुक्रबार भने।

उनले समेत बिरामीहरु पुनः संक्रमित नभइ भाइरस पुनः सक्रिय भएको हुनसक्ने बताएका छन्। तर केही विज्ञहरुले भने गलत परिक्षणका कारण यस्तो भएको हुनसक्ने शंका व्यक्त गरेका छन्।

विश्वभरका अधिकारीहरुका लागि यो घटना चिन्ताजनकको विषयमा हो। उनीहरू यसको सभ्भावित कारण बुझ्न उनीहरुलाई लागिपरेका छन्।

चीनबाहिर पहिलोपटक संक्रमण फैलिएका सुरुका मुलुकमध्येको एक दक्षिण कोरियाले अन्य मुलुक जस्तो लकडाउनमा गएको छैन तर उसले रोकथामका लागि आफ्ना नागरिकहरूलाई कडा निर्देशनहरू पालना गर्न भने भनेको छ।

त्यहाँ हालसम्म १० हजार ५ सय ३७ जनाको संक्रमण देखिएकोमा २ सय १७ जनाले ज्यान गुमाएका छन्।

Loading...