अमेरिकी नौसैनिक जहाजमा ५८५ संनिक कोरोना संक्रमित भेटिए, एक सैनिकको मृत्यु

काठमाडाैं, २ वैशाख । एक अमेरिकी नौसैनिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उनी कोरोनाका कारण मृत्यु हुने पहिलो सक्रिय अमेरिकी सेवा सदस्य हुन्।

आफ्नो क्वार्टरमा लापरवाही साथ बसेका उनमा स्वास्थ्य समस्या देखिएपछि अप्रिल ९ मा आइसियूमा भर्ना गरिएको थियो। ठिक १४ दिन अगाडि मार्च ३० मा उनलाई कोरोना भएको पुष्टि भएको थियो।

‘युद्ध, शान्ति र अहिले कोभिड १९ को अपरिचित महामारीको समयमा समेत राष्ट्र सेवामा खटेका हाम्रा नाविक र मरिनरहरुको समर्पण र प्रतिबद्धताबारे म परिचित छु,’ कार्यवाहक नौसेना सचिव जेम्स म्याकफेर्सनले जारी विज्ञप्तिमा भनेका छन्, ‘उनीहरुको मिहिनेतप्रति आभार छु र उनीहरुको सुरक्षाका लागि समर्थन गर्नेछु।’

ती नाविक थिओडर रुजवेल्टका अमेरिकी विमान वाहकहरुको सम्पर्कमा आएका थिए। रुजवेल्टका ४,८०० चालकदल मध्ये १२% मा कोरोना भाइरसको स्पष्ट लक्षण पुष्टि भएको छ। यो रिपोर्टबाट अमेरिकी सेनामा महामारीले कसरी असर गरिरहेको छ भन्ने बुझ्न सकिन्छ।

अमेरिकी अधिकारीहरुले रोयटर्ससँग थप ४ संक्रमित चालकहरु अस्पताल भर्ना गरिएका बताएका छन्। हाल उनीहरुको स्वास्थ्य स्थिर छ। उनीहरू रहेको सो आणविक शक्तिवाहकमा रहेका थप ५८५ मा समेत संक्रमण देखिएको छ। यसमध्ये ४२८ मा लक्षण नदेखिएपनि संक्रमित छन् भने बाँकी १५७ मा कोरोना लक्षण देखिएको जानकारी अधिकारीले दिएका छन्।

कोरोना संक्रमण हुने डरका कारण सोमबारबाट बाँकी विमान भने समुन्द्र तट मै रहने घोषणा गरिएको छ। अमेरिकी कमान्डर वाइस एडमिरल एन्ड्रयू लुइसका अनुसार वाहक र उनीहरुका परिवारलाई भने तीन हप्तामा जानकारी दिइनेछ।

Loading...