युवा नेता थापाले दिए सर्लाहीका ७ नगरपालिकालाई करिब ३ हजार किलो चामल

सर्लाही । नाेभल कोरोना भाइरस(कोभिड १९) को राेकथाम र नियन्त्रणका लागि गरिएकाे बन्दाबन्दी(लकडाउन) का कारण दैनिक ज्याला मजदुरी गरिखाने परिवारलाई स्थानीयले स्वस्फूर्त सहयाेग गरिरहेका छन् । यसैक्रममा सर्लाहीका ७ नगरपालिकाका लागि एक ३५ वर्षिय युवकले करिब ३ हजार किलो चामल सहयोग गरेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ का स्थानिय युवा राजु थापाले ७ नगरपालिकाका दैनिक ज्याला मजदुरी गरिखाने परिवारलाई लक्षित गरी करिब ३ हजार किलो चामल सहयोग स्वरुप उपलब्ध गराएका हुन् । आइतवार प्रत्येक नगरपालिकाको कार्यालयमा पुगी उनले सो राहत नगर प्रमुखहरुलाई हस्तान्तरण गरेका थिए । सर्लाहीमा २० स्थानीय तह रहेका छन् ।

नेकपा जिल्ला कमिटी सदस्य एवं होटल व्यवसायी समेत रहेका थापाले जिल्लाका लालबन्दी, इश्वरपुर, हरिपुर, हरिवन,बागमती, बरहथवा र मलंगवा नगरकार्यपालिकाको कार्यालयमा पुगी चामल हस्तान्तरण गरेपछि जनप्रतिनिधिहरु दंग देखिए । संकटको बेलामा युवाहरुको महत्वपूर्ण सहभागीताको आवस्यकता औल्याउदै जनप्रतिनिधिहरुले निस्वार्थ सेवाबाट संकटलाई परास्त गर्न सकिनेमा जोड दिएका थिए । ”जनसहयोगले समस्यासंग लड्न सजिलो भैरहेको छ । राजु जस्ता युवाहरु समाज सेवामा आउनु राम्राे हाे ।” लालबन्दी नगरपालिका प्रमुख मानबहादुर खड्काले भने ।

थापाले छ नगरपालिकामा ३ सय किलोको दरल चामल दिएका छन् भने लालबन्दी नगरपालिकामा १ हजार किलो उपलब्ध गराएका छन् । जसमा उनले आफ्नो वडामा छुट्टै ५ सय किलो चामल उपलब्ध गराएका वडाध्यक्ष पंचलाल स्याङ्वाेले बताए ।’यस्तो बेला सक्नेले हात बाधेर बस्नु नहुने भन्दै थापाले आफूलाई सहयोग गरेपछि आत्मसन्तुष्टि मिलेको प्रतिक्रिया दिएका छन् ।” भोको मानिसलाई खाना खुवाउनु हाम्रो पहिलो कर्तब्य हो, सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ ।” उनले भने ।

उक्त अवसरमा काठमाडौं सर्लाही सम्पर्क मन्चको तर्फबाट समेत अध्यक्ष सन्तोष दाहालको नेतृत्वमा रहेको टोलीद्वारा ७ वटै नगर प्रमुखलाई कोरोना समन्धी आधारभूत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्वय प्रल्हाद बुढाथोकी, डाचाराज वाग्ले त्यसैगरी जिल्ला संयोजक रेवती पन्त र सचिव कमल बुढाथोकी लगायतको उपस्थिति रहेको सम्पर्क मन्चका शंकर रायमाझीले जानकारी गराए ।

Loading...