प्रचण्डको कुरा ओलीले गरे ठाडै अस्वीकार, कोठामा बसेर निर्देशन नदिन प्रचण्डलाइ चेतावनी

काठमाडौँ । कोरोना महामारीको सामना गर्न सबै राजनीतिक दलहरुलाइ साथ लिनुपर्ने आवाज उठन थालेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय संयन्त्र निर्माणको प्रस्ताव पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रस्तुत गरेका थिए । तर, प्रम ओलीले त्यो प्रस्तावलाइ ठाडै अस्वीकार गरेका छन् । उनले प्रचण्डको प्रस्तावलाइ अस्वीकार मात्र गरेका छैनन, यस्ता कुनै खाले संयन्त्रको काम नरहेको पनि बताएका छन् । त्यो पनि सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फेरेन्समा ।

शनिवार सात प्रदेशका मुख्यमन्त्रीहरुसँग गरिएको भिडियो संवादमा प्रम ओलीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको दावी गरे । उनले भने,’सरकारभन्दा बाहिर कुनै संयन्त्र आवश्यक छैन।’

यससँगै नेकपाभित्रको विवाद भुसको आगो जस्तो सल्किएको पनि खुलासा भएको छ । यो आगो सल्काउन प्रम ओली नजिकका मान्छेहरु अझ लागेको नेकपाका एक नेताले दावी पनि गरेका छन । ती नेताले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी अध्यक्ष प्रचण्डप्रति ब्यङ्ग्य गर्दै ‘१५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्नेजस्तो नगर्न’ भनेर ब्यङ्ग्य गरेकाे पनि दावी गरे ।

उता मुख्यमन्त्रीहरुसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले नेपालको लकडाउन भारतमा निर्भर रहने पनि बताएका छन् । भारतले लकडाउन नखोली नेपालमा लकडाउन नखोल्ने उनको मनस्थिति भिडियो कन्फेरेन्समा उनले बोलेको कुराबाट थाहा भएको छ । भिडियो कन्फेरेन्समा प्रम ओलीले ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै नेपालमा लकडाउन खुला गर्ने कुरा हुननसक्ने’ भन्दै यसमा नरम बनेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाइ भने।

Loading...