ब्लुटूथ सिग्नल प्रयोग गरी एप्पल र गुगलले संयुक्त रुपमा कोरोना कन्ट्याक–ट्रेसिङ्ग एप्लिकेशन बनाउँदै

काठमाडाैं । एप्पल र गुगलले संयुक्त रुपमा कोरोना भाइरस ट्रेस सम्बन्धी प्रविधि बनाउने भएका छन्।

कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्नका लागि गुगल र एप्पल मिलेर ट्रेस प्रविधि बनाउने भएका हुन् । उनीहरुले कन्ट्याक–ट्रेसिङ एप्लिकेशन बनाउने भएका हुन् ।

स्मार्टफोनको ब्लुटुथ सिग्नलका आधारमा पहिचान गरी हालै कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्ने गर्छ ।

कुनै पनि मोबाइल प्रयोगकर्ता सम्पर्कमा आएको व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएमा सूचना पठाउने गरी प्रविधिको विकास गर्ने जनाएका छन् । यसमा कुनै पनि व्यक्तिको जिपिएस लोकशन डाटा वा व्यक्तिगत जानकारी भने रेकर्ड गरिने छैन ।

Loading...