मस्जिदमा भिडजम्मा नहुन सम्झाई बुझाई गर्दा प्रहरी माथि हातपात गर्ने नियन्त्रणमा

चैत २८ ,रौतहट । रौतहट, २८ चैत । सरकारले लकडाउनको घोषणा गरेको बेलामा सामुहिक रुपमा धार्मीक कार्यमा संलग्नहरुलाई सम्झाउन गएको प्रहरी माथि उल्टै हा त पा त भएको छ । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा रौतहटको नगरपालिकअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको हो ।

सरकारले कोरोना फैलन नदिन मुलुकभर लकडाउनको घोषणा गरेको छ । लकडाउनको समयमा घर भित्रै बस्न र भिडभाडमा नजान आग्रह गरेको छ । तर मस्दिजमा एकै ठाँउमा सयौंको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचना पाएपछि सम्झाउन गएको प्रहरी माथि हातपात भएको हो । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहरुले हा त पा त गरेका हुन् ।

बिहीबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकै ठाँउमा २०० बढी मानिस नमाज पढिरहेका थिए । प्रहरी सहायक निरीक्षक सिंहले लकडाउन उ ल्ल ङ्घन नगर्न र भीड गर्दा कोरोना भाइरस फैलने जोखिम हुने भएकाले त्यसो नगर्न भन्दै सम्झाउँदा केही युवाहरुले उनीमाथि हा त पा त गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घ ट ना लगत्तै जिल्ला प्रहरी कार्यालय गौर र विभिन्न सशस्त्र प्रहरी बेसक्याम्पबाट ठूलो सङ्ख्यामा परिचालनपछि अवस्था साम्य भएको प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

प्रहरीमाथि हा त पा त गरेका परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालु अन्सारीलाई नि य न्त्रण मा लिएको रौतहट प्रहरी उपरीक्षक खड्काले बताए । अभियोग लागेका तीनै जना नि य न्त्र णमा रहेको र घ ट ना को प्रक्रियाअनुसार मु द्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Loading...