निलो नम्बर प्लेट गाडीमा कालो ब्यापार

विश्वव्यापी महामारीको संकटको अवस्थामा बजार मुल्य अन्दाजी रु. ३,५०० प्रति गोटा पर्ने थर्मल गनलाई रु. १५,००० मा बिक्रि

 

चैत्र २५ ,काठमाडौँ ।    कालोबजारी गरेको आरोपमा शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन्।
कुटनीतिक नियोगको गाडीमा थर्मल गन विक्री गर्दै हिडेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई नक्सालबाट पक्राउ गरेको हो।
महाशाखाले तीन हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रूपैयाँमा बेचेको प्रयोग गरिएको आरोपमा कुटनीतिक २०९८ सीसी वान नम्बरको निलो प्लेटको गाडी समेत नियेंत्रणमा लिएको छ । अग्रवाल कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेकाे छ ।
लकडाउन अवधिमा निलो नम्बर प्लेटका सवारी साधनलाइ बिना रोकतोक आवतजावत गर्न सकिने सुबिधालाइ
प्रयोग गरि कालाबजारीबारे प्रहरीलाई आइतबार नै जानकारी रहेको प्रहरी श्रोतले बतायो । महानगरीय प्रहरीको अपराध महाशाखाको टोलीले आफै महंगोमा अग्रवालले थर्मल गन बेचेको सुनिए पछि आफ्र ग्राहक बनेर सूचना पत्ता लगाए पछि अग्रवाललाई आज पक्राउ गरेको हो । रंगेहात पक्राउपरेका अग्रवालका साथबात ६७ थान ज्वरो नाप्ने थर्मल गन बरामद गरेको छ ।  उनलाई कालोबजारी कसुरमा मुद्धा अघि बढाउने प्रहरीले तयारी गरेको छ ।

शंकर ग्रुपले शनिबार चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री भित्र्याएको थियो। यस अघि स्वास्थ्य सामाग्रीको कारोबार नगर्ने कम्पनिले संकटको मौका छोपेको थियो। 

शंकर ग्रुपले शनिबार चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो। मेडिकल सामाग्री लिन गएको नेपाल एयरलाइन्सको विमानमा शंकर ग्रुपले पनि सामान ल्याएको थियो। विमानमा २२ टन सामान आउने भनिए पनि जम्मा ७.५ टन सामान आएको थियो।

 

Loading...