भारतका राष्ट्रपति, मन्त्रीहरु तथा सांसदले एक वर्षसम्म ३० प्रतिशत कम तलब लिने घोषणा

 

चैत्र २५ ,काठमाडौँ । कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोप झेलिरहेको समयमा भारतका राष्ट्रपति, मन्त्रीहरु तथा सांसदले एक वर्षसम्म कम तलब लिने घोषणा गरेका छन् ।

उनीहरु एक वर्षसम्म ३० प्रतिशतले तलब कटौती गर्न तयार भएको हिन्दुस्तान टाइम्सले सोमबार उल्लेख गरेको छ । भारतका वातावरण मन्त्री प्रकाश जाभेदेकरले तलब कटौतीको विषयमा पत्रकारलाई जानकारी दिएका थिए ।

आगामी अप्रिल एक तारिखबाट तलब कटौतीको अवधि लागू हुने बताइएको छ । उक्त कटौती भएको तलब कोरोना भाइरसविरुद्धको अभियानमा खर्च हुनेछ । भारतमा हालसम्म ४ हजार ३१४ कोरोना संक्रमित पुष्टि भएका छन् । त्यहाँ १ सय १८ को ज्यान गइसकेको छ ।

Loading...