संसदको हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयले सूचना जारी गरेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अत्य गरेको जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद सचिवालयलाई प्राप्त पत्रका आधारमा भन्दै संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले सोमबार सूचना जारी गरेका हुन्। सोमबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त् भएको हो।

कोरोना भाइरस (कोभिड- १९)को संक्रमण हुने डरका कारण पछिल्लो समय प्रतिनिधिसभाका बैठक सूचना जारी गरेर सर्दै आएका थिए। राष्ट्रिय सभा बैठक भने अनिश्चितकालका लागि स्थगित भएको थियो।

प्रतिनिधिसभाको ३० गते बोलाइएको बैठक र राष्ट्रिय सभाको बैठक पनि अब बस्ने छैन।४ पुसबाट सुरु भएको अधिवेशन एक सय १० दिन चलेको थियो । यो अवधिमा दुबै सदनबाट जम्मा चारवटा विधेयक पारित भए ।

प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक, शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, राजश्व चुहावटसम्बन्धी र औद्योगिक व्यवसाय प्रतिष्ठानसम्बन्धी विधेयक दुबै सदनबाट पारित भएका हुन् ।

Loading...