२८ वर्षीय बिद्रोही लोक गायिकाको आमरण अनसनमा बसेको २८८औं दिनमा निधन


एजेन्सी । लामो समयदेखि आमरण अनसनमा बसेकी टर्कीको चर्चित लोकस‌ंगीत समूहकी सदस्य २८८ औं दिनमा अनस्थलमै मृत्यु भएको छ । २८ वर्षकी चर्चित गायक हेलिन बोलेकको भोक हड्तालमा बसेकै अवस्थामा मृत्यु भएको हो ।

टर्की सरकारले हेलिन बोलेक सम्लग्न सांगीतिक ग्रुप योरुम समूहमाथि प्रतिबन्ध लगाएको थियो । साथै उक्त सांगीतिक समूहका तीन सदस्यलाइ जेलमा राखिएको थियो । त्यसका विरोधमा गायिका हेलिन बोलेकले भोक हड्ताल सुरु गरेकी थिइन । उनले जेलमा राखिएका साथीहरुको रिहाइ गर्नुपर्ने र प्रतिबन्ध हटाउनुपर्ने माग राखेर आमरण अनसन सुरु गरेकी थिइन ।

ग्रुप योरुम टर्कीमा विद्रोही गीत संगीतका लागि चर्चित सांगीतिक समूह हो । सन् २०१६ देखि यो समूहलाइ टर्कीमा प्रस्तुति दिन प्रतिबन्ध लगाइएको थियो ।

टर्की सरकारले यो सांगीतिक समूह रेभ्युल्युसनरी पिपुल्स लिबरेशन पार्टी फ्रन्टसँग जोडिएको आरोप लगाउने गरेका छ । उक्त पार्टीलाइ टर्की सहित अमेरिका र युरोपेली युनियनले आतंककारी समूह घोषणा गरेका छन् । यो पार्टीले टर्कीमा हतियारबद्ध संघर्ष गरिरहेको बताइएको छ ।

Loading...