विश्वभर कोरोनाबाट ज्यान गुमाउने ६४ हजार नाघे, ११ लाख बढी संक्रमित

काठमाडाै । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६४ हजार नाघेको छ। अहिलेसम्म ६४ हजार ३ सय १६ जनाको ज्यान गएको छ। इटालीमा १४ हजार ६ सय ८१, स्पेनमा ११ हजार सात सय ४४ र अमेरिकामा सात हजार चार सय ६ जनाको ज्यान गएको छ।

फ्रान्समा ६ हजार पाँच सय ७, बेलायतमा ३ हजार ६ सय ५, इरानमा तीन हजार चार सय ५६ र चीनमा ३ हजार ३ सय २६ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा एक हजार २ सय ७५ र बेल्जियममा एक हजार २ सय ८३ जनाको ज्यान गएको छ।

विश्वभर हालसम्म ११ लाख ३३ हजार ८ सय १ संक्रमित भएका छन् भने २ लाख ३६ हजार पाँच जना निको भएका छन्।

Loading...