बचत समूहद्वारा विपन्न र असहाय परिवारलाई राहत

 

कपिलवस्तुको शिवराज ५, दक्षिण रहटकोलस्थित बचत समूह तथा टोल सुधार समितिले स्थानीय अति बिपन्न श्रमिक एवं असहाय २९ घरधुरीलाई राहत वितरण गरेको छ ।

लकडाउनको चपेटामा परी दैनिक जीवनयापनमा समस्या भएका परिवारलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको हो । समूहका सदस्य तथा स्थानीय मनकारी मन भएका ब्यक्तित्वहरूको सहयोगमा विपन्न परिवारलाई राहत प्रदान गरिएको भू.पू. सहायक प्रहरी निरीक्षक यज्ञ प्रसाद बेलबासेले जानकारी दिए । “प्रति ब्यक्ति ५ किलो चामन, दाल, नून, तेल, चिउरा र साबुनका दरले २९ परिवारका १ सय जना सदस्यलाई सामग्री दिएका हौं” – समूहका अध्यक्ष रामदुलारे थारुले भने । ब्यक्तिका आधारमा बितरण गरिएकाले एक परिवारले २५ देखि ३० किलोसम्म पाएको समूह अध्यक्ष थारुको भनाई छ ।

राहतको लागि वडा सदस्य धनिराम थारु, समाजसेवी अयोध्या थारु, महादेव थारु, गौतम फोटो स्टुडियोका सुकई प्रसाद थारु, न्यौपाने ट्रेडर्सका रामप्रसाद न्यौपाने, खैरीका शिवप्रसाद हरिजन लगायतले सामग्री तथा आर्थिक सहयोग गरेको बताइएको छ । अन्न नभएर घरमा चुलो नबल्ने परिवारलाई लक्षित गरि करीब ५० हजारको राहत सामग्री वितरण गरिएको समाजसेवी अयोध्या थारुले बताए ।

Loading...