विदेश यात्रा नै नगरेका व्यक्तिमा नेपालमा पहिलोपटक देखियो कोरोना संक्रमण

काठमाडौं, २२ चैत । नेपालमा पहिलोपटक एक स्थानीय महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको भेटिएको छ। भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषसँगै नेपालमा पहिलो पटक एक स्थानीय महिलामा पनि यो भाइरसको संक्रमण भेटिएको छ।

धनगढीका ३४ वर्षीय संक्रमितकी भाउजूमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘कैलालीका ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ’, स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेक कार्कीले स्थानीयमा देखिएसँगै नेपालमा कोरोना संक्रमण देस्रो चरणमा प्रवेश गरेको बताए। यसअघि संक्रमण देखिएका सबैजना विदेशबाट आएका थिए। यो नै नेपालभित्रै रहेकाहरुमा देखिएको पहिलो कोरोना संक्रमण हो।

Loading...