लकडाउनको समय थप्ने वा नथप्ने बारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै,

काठमाडौं, २२ चैत । स्वास्थ्य सामाग्री खरिदका बारे अनियमितता भएकाे लगायत व्यापक कुरा उठिरहेका बेला आज मन्त्रिपरिषदकाे बैठक बस्ने भएकाे छ । अपरान्ह ४ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएकाे हाे ।

मन्त्रिपरिषद बैठकमा चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा छलफल हुने बताइएकाे छ । त्यसैगरी स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने र अन्य नियमित एजेण्डामाथि छलफल गरिने बालुवाटार स्रोतले जानकारी दिएकाे छ ।

Loading...