बाग्लुङ्गकी महिला कोरोनाको छैटौं संक्रमित

नेपालमा कोरोना भाइरस (कोभिड-१९) का अर्का संक्रमित पनि भेटिएका छन्। यससंगै संक्रमितको संख्या छ पुगेको छ ।

संक्रमित व्यक्ति चैत ४ मा कतार एयरवजको जहाजबाट काठमाडौं आएका यात्रु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनका अनुसार क्युआर ६५२ नम्बरको उडान बाट कतारको दोहा हुँदै काठमाडौं आएका यात्रुमा कोरोना पोजेटिभ पाइएको हो । यस अघि सोही उडान बाट आएका २ जनामा कोरोनो पोजेटिभ पाईएको थियो ।दोश्रो संक्रमित काठमाडौंकी र पाचौं संक्रमित बाग्लुङ्गकी युवती संगै उनी आएकी बताइएको छ ।

श्रोतका अनुसार छैटौं संक्रमित महिला हुन् उनी बाग्लुङ्गकी हुन् ।

Loading...