अर्बौको घोटाला सार्वजनिक भएपछि ओम्नी समूहसँगको आधा सम्झौता रद्द

काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रद्द गरेको छ। उसले ५ कराेड रुपैयाँ रुपैयाँ धराैटी पनि जफत गरेकाे छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले यो जानकारी दिएका हुन्।

सरकारले कोरोना भाइरस संक्रमण उपचारका लागि भन्दै ओबिसिआईसँग गरेको औषधी तथा मेडिकल उपकरण खरिदको सम्झौता रद्द गरेको हो। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा बुधबार स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले सम्झौताको सर्वत्र विरोध भएपछि रद्द गरिएको जानकारी दिए।

ओबिसिआईले तोकिएको समयमा सामान ल्याउन नसकेपछि उक्त प्रक्रिया रद्द गरिएको उनले बताए। सम्झौता अनुसार काम गर्न नसकेपछि धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया पनि अगाडि बढाइने उनले जानकारी दिए।

महानिर्देशक श्रेष्ठले मन्त्रालयको बनाएको कोटेसनभन्दा सामान ल्याउँदा २० प्रतिशत मूल्य बढी तिरिएको स्वीकार गरे। तर, सामान २० प्रतिशत मात्र नभइ १० अाै गुणा महङ्गाेमा खरिद गरिएकाे छ । 

Loading...