लकडाउनमा हिडेको भन्दै मान्छे कुट्ने प्रहरी हवल्दार निलम्बित

जनकपुरधाम । लकडाउनको समयमा दैनिक उपभोग्यको सामान किनेर गइरहेका केही व्यक्तिलाई कुटने सशस्त्र प्रहरी कारबाहीमा परेका छन्।

सोमबार दुईजनालाई व्यक्तिलाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सार्वजनिक भएपछि नेपाल बिओपी रामनगर सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका छन्।

विश्व नै कोरोना भाइरस (कोभिड १९) को महामारीको समस्यामा रहेको समय नेपाल पनि लकडाउनमा रहेको अवस्थामा सर्वसाधारणलाई कुटने चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ।

कोरोना भाइरस संक्रमणको महामारी रोकथामको लागि खटिरहेका सशस्त्र प्रहरीबल देश र देशवासीको सुरक्षाको लागि खटेकोले गलत गर्नेलाई कारवाही गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा सशस्त्र प्रहरी हबल्दारले कुटपिट गरेका थिए।

Loading...