टोकियो ओलम्पिक गेम्सको नयाँ मिति सार्वजनिक

काठमाडाैं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यो वर्ष जापानको टोकियोमा हुने ओलम्पिक गेम्स अर्को वर्षका लागि सारियो । ओलम्पिक कमिटिले आउँदो वर्षका लागि ओलम्पिकको मिति तोकेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइसोसी) को सोमबार बसेको कार्यकारी बोर्डको बेठकले सन् २०२१ को जुलाई २३ देखि ओलम्पिक गेम्स सुरु हुने निर्णय गरेको हो ।

ओलम्पिक २०२१ को अगस्ट ८ सम्म जारी रहने छ । एक वर्षपछि हुने भए पनि त्यसलाई टोकियो ओलम्पिक २०२० नै भनिने भएको छ ।

यस्तै पाराओलम्पिक गेम्स सन् २०२१ को अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म हुने भएको थियो । यो प्रतिस्पर्धा आउँदो अगस्ट २४ मा सुरु हुने तय भएको थियो, तर कोरोना भाइरसको महामारीका कारण अर्को वर्षका लागि सारिएको हो ।

Loading...