उडिरहेकै बेला पाइलटले अर्कै गन्ध पाएपछि स्वास्थ्य उपकरण लिएर गएको सेनाको स्काई ट्रक बीचमै फर्कियो

काठमाडौं, १६ चैत । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्किएको छ ।

मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाका एक उच्च अधिकारीले जानकारी दिए ।

उनका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको फरक किसिमको गन्ध आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पनि ‘प्राविधिक समस्या’का कारण विमान फर्किएको बताए । 

Loading...