कोरोनाको महामारीलाई वेवास्ता गर्दै जहाँ जारी छ फुटबल लिग

काठमाडाैं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका अधिकांश फुटबल गतिविधि रोकिएका छन् ।

केही प्रमुख लिगहरु त यो सिजन त्यसै टुंगिने सम्भावना पनि बढेको छ । तर बेलारुसमा भने नियमति रुपमा फुटबल लिग जारी छ ।

सामान्य अवस्थामा बेलारुस प्रिमियर लिग फुटबलको चर्चा अन्तर्राष्ट्रियस्तरमा अति कम हुन्छ । यस्तै अन्तर्राष्ट्रिय दर्शकको चासो पनि खासै रहँदैन । तर अहिले विश्वका अधिकांश लिग रोकिएको अवस्थामा सुचारु रहेको बेलारुस प्रिमियर लिगले धेरैको ध्यान खिचेको छ ।

युरोपमा अहिले एक मात्र देश बेलारुस हो, जहाँ फुटबल लिग जारी छ । पूर्वी युरोपको देश बेलारुसमा शनिबार शीर्ष लिगका ६ खेल भए ।

त्यसमध्ये एफसी मिन्स्क र डिनामो मिन्स्कबिचको डर्बी पनि एक हो । बेलारुसको राजधानीमा भएको सो खेल हेर्नका लागि तीन हजार भन्दा बढी दर्शक भेला भएका थिए ।

बेलारुसमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या एक सय भन्दा कम छ र कसैको पनि मृत्यु भएको छैन।

Loading...