कोरोनाले विदेशी मदिरा आयातमा रोक

काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै मदिरा आयातमा रोक लगाएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म मदिरा आयातमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

छोकडा, सुपारी आयातमा पनि नियन्त्रण गर्ने निर्णय भएको छ। त्यस्तै सरकारले ५० हजार डलरभन्दा बढी मूल्यका सवारी साधान आयातमा पनि रोक लगाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले चैत महिनामा तिर्नुपर्ने ऋणको साँवा व्याज असार मसान्तसम्म तिर्न सकिने जनाएको छ।

Loading...