मेसी र नेयमारलार्इ निरास पार्दै राेनाल्डाे बने फेरि फिफा वर्ष खेलाडी

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रिस्टियानो रोनाल्डोलाई सोमबार राति सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको छ । रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले उत्कृष्ट पुरुष खेलाडीको होडमा बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई उछिने ।

सन् २०१६–१७ को सिजनमा ३२ वर्षीय रोनाल्डोले रियललाई स्पेनी ला लिगा र युरोपेली च्याम्पियन्स लिग जिताउन मदत गरेका थिए । गत वर्ष पछि रोनाल्डोले यो अवार्ड हात परोका थिए । त्यति बेला उनको नेतृत्वमा पोर्चुगलले युरो २०१६ जितेको थियो । यसपल्टको च्याम्पियन्स लिग फाइनलमा रियलले युभेन्ट्सलाई ४–१ ले पराजित गर्दा रोनाल्डोले त्यसमा दुई गोल गरेका थिए ।

‘लगातार दोस्रो वर्ष मैले उत्कृष्ट खेलाडीको अवार्ड पाएं, यो भन्दा खुसी अरु के हुन सक्छ र ?,’ रोनाल्डोले प्रतिक्रिया दिएका छन् । फिफाले गरेको घोषणामा बार्सिलोना र नेदरल्यान्ड्सकी लेके मार्टेन्स उत्कृष्ट महिला खेलाडी रहिन । यस्तै उत्कृष्ट पुरुष प्रशिक्षकमा जिनेदिन जिदान र महिला प्रशिक्षकमा नेदरल्यान्ड्सकी सारिना वेगमन घोषित भए ।

आर्सनलका ओलिभर जिरोडले सन् २०१७ को उत्कृष्ट गोलका लागि पुरस्कार पाए । उनले जनवरीमा क्रिस्टिल प्यालेसविरुद्ध उत्कृष्ट गोल गरेका थिए । त्यस गोललाई ‘स्क्रोपियन किक’ नाम दिइएको छ । फिफाले अलग्गै बेस्ट फुटबल अवार्ड दिन थालेको यो दोस्रो वर्ष हो । यसअघि बेलन डे’अरसँग मिलेर अवार्ड दिने गथ्र्यो ।

 

Loading...