लकडाउन चैत २५ सम्म लम्बियो

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को  बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

१० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।  यो लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ ।

यस्तै बैठकले ज्यालादारी मजदुरी गर्ने निम्न आए भएका नागरिकका लागि राहतको प्याकेज पनि पारित गरेको छ। कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार अपराह्‍न बसेको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको थियो। औपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको पारिश्रमिक रोजगारदाताले नै उपलब्ध गराउनु पर्ने निर्णय पनि बैठकले गरेको छ।

पूर्णरुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले आफ्नो दैनिक वा महिनावारी ज्यालादारीमा कार्यरत क्षेत्रले आफ्नो दैनिक ०७६ चैत्र महिनासम्मको भुक्तानी दिनुपर्ने पनि बैठकले निर्णय गरेको प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

Loading...