एकाबिहानै राजधानीमा २ सय पक्राउ, लकडाउन उल्लंघन गर्नेहरुमाथि कडा बन्दै प्रहरी

काठमाडौ‌ । आइतबार बिहानै राजधानीका विभिन्न ठाउँबाट प्रहरीले दुई सय बढीलाई पक्राउ गरेको छ । कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको लकडाउनको उल्लघंन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा १५५ जना पुरुष र ५५ महिला रहेको नेपाल प्रहरीले जनाएको छ । आइतबार बिहानै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले शनिवार दिनभर लकडाउन उल्लघंन गर्ने करिब ५ सय जनालाई राजधानीमा नियन्त्रणमा लिएको थियो।

महानगरीय प्रहरी कार्यलय, रानीपोखरी (मेट्रो) प्रहरी प्रमुख डिआईजी विश्वराज पोखरेलले आजबाट लकडाउनको उल्लघंन गर्नेलाई नयाँ तरिकाले नियन्त्रणमा राख्ने बताएका छन्।

डिआईजी पोखरेलले अब लकडाउन उल्लघंन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर राख्ने बताए। उनले यसक्रममा नियन्त्रणमा परेकालाई उचित दुरी मिलाएर दुई घण्टा राखेर ब्रिफिङ् गरेर छाड्ने जानकारी दिए।

यसैगरी प्रहरीले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन नागरिकसमक्ष आग्रह गरेको छ।

Loading...