बेल्जियमबाट नेपाल आएकी युवती पनि कोरोना संक्रमित

नेपालमा कोरोना भइरसको पाँचौ संक्रमण देखिएकाे छ । बेल्जियमबाट नेपाल आएकी युवती संक्रमित भएकी छन् ।

काठमाडौ बाट बागलुङस्थित घर पुगेकी उनमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । घरमै क्वारेन्टाइनमा बसेकी उनलाई कोरोनाको लक्षण देखिएपछि चेकजाँचका लागि स्वाव काठमाडौं ल्याइएको थियो ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुँदा उनमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी प्राप्त भएको छ ।

उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही विमान प्रयोग गरी चैत ४ गते नै फ्रान्सबाट नेपाल आएकी युवतीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

Loading...