लकडाउनमा जनतालाई राहत , हुनसक्छ विद्युत महशुल पुरै छुट – उर्जामन्त्री पुन

डेरामा बस्नेसँग पहिले लिदै गरेको पुरानो दरमा महशुल उठाए कारवाही हुने

 

चैत्र १४ ,काठमाडौँ । उर्जा मन्त्रि बर्षमान पुनले लकडाउनको समग्र स्थिति हेरी परिआयको अवस्थामा ग्रहाकलाई विद्युत महशुल पुरै छुट दिनसकिने बारे सोच्न सकिने बताउनु भयो ।

अनलाइन खबर संगको कुराकानीमा उहाले नागरिकलाई संयमित भएर बस्नुपर्ने बेला ऋणको ब्याज, सप्लाईहरुको टेन्सनबिना निर्धक्कसाथ बस्ने वातावरण बनाउँने बताउनु भयो । यसअघि सरकारले लकडाउनको अवधिलाई लक्षित गरी चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने भएको छ । इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई दिने भनिएको छुट भने अब नेपाल विद्युत प्राधिकरणका सबै ३६ लाख ५० हजार ग्राहकले पाउने भएकाछन् ।
उर्जामन्त्री पुनले यो महिनाको विद्युत महशुल बुझाउन ढिला भएको अबस्थामा पनि जरिवाना नलाग्ने प्रष्ट पार्दै विद्युत महशुल छुटमा घरबेटी र डेरावाल सबै बराबरी हकदार हुने भएका कारण कुनै घरधनीले डेरामा बस्नेसँग पहिलेकैलिदै गरेको पुरानो दरमा महशुल उठाएमा सरकारले कारवाही गर्ने बताउनु भयो ।
उहाले चैत महिना भर बिलमा छुट हुने भएका कारण ग्राहकलाइ निर्धक्क भएर बिजुली प्रयोग गर्न अपिल गर्नुभयो ।
प्राधिकरणले २० प्रतिशत सबै तहका ग्राहकलाई छुट दिने तयारीमा रहेको छ । विद्युत डिमाण्ड १२ सय मेगाट रहेकोमा अहिले पिक ताईममा सात सय मेगावाटमा झरेको भएतापनि करीव ६ सय मेगावाट विद्युत प्राधिकरणको आफ्नै उत्पादन रहेको मन्त्री पुनले बताउनु भएको छ ।

Loading...