गृह मन्त्रालयले भने- उपभोग्य खाद्यवस्तुहरुको अभाव भए ,कालाेबजारी कृत्रिम अभाव सिर्जना गरे फोन गर्नु

चैत्र १३ ,काठमाडौँ । गृहमन्त्रालयले (COVID-19) बाट आफु सुरक्षित र अरुलाई पनि सुरक्षित बनाउन सबै नागरिकहरुले आफ्नो आफ्नो स्थानबाट नागरिक कर्तव्य पूरा गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वास लिदै सर्व साधारण नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउन नयाँ कदम चालेको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्‍) को मिति 2076/12/09 गतेको निर्णय बमोजिम संक्रामक रोग ऐन, 2020 को दफा 2 अनुसार मिति 2076/१२/११ गते बिहान ६ बजे देखि लागु भएपछी तेश्रो दिन बिहिबार नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि गृह सचिव महेश्‍वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले ६ वटा निर्णयहरु प्रेसबिज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

निर्णयहरु येस्प्रकर रहेको छ –

1. काठमाण्डौं उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै Store एवं विक्रेताहरुले आ-आफ्ना Delivery Van मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने ।
2. आवश्यक पर्ने Delivery Van हरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने।
3. पसलहरु संचालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने ।
4. माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै Store एवं विक्रेताहरुले आ-आफ्नो Toll Free Number वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने । फोन, Online, Offline मार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको (Combo Pack समेत) विक्रिवितरण गर्ने ।

5. दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका/नगरपालिकाहरुले मिलाउने ।
6. काठमाण्डौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका Store एवं विक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने ।
साथै मन्त्रालयले कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी कार्य गर्ने तथा बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा मन्त्रालयको शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने Toll Free नम्बर ११४९ मा फोन गरी सहयोग गर्न नागरिकमा अनुरोध गरेको छ ।

Loading...