कन्टेनरमा लुकेर वीरगञ्ज आएका ५२ जना पक्राउ

वीरगन्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको देशव्यापी लकडाउनका बेला सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार काठमाडौंमा सामान झारेर फर्किएको ना ५ ख ९५५२ नम्बरको लरीको कन्टेनरमा लुकेर आएका यात्रुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरु काठमाडौं, चितवनको भरतपुर तथा मकवानपुरको हेटौंडाबाट कन्टेनरमा चढेर वीरगन्ज आइपुगेका थिए । उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएका छन् ।

प्रहरीले नियन्त्रणमा लिइएका यात्रुमध्ये ३ बालबालिका छन् । प्रहरीले कन्टेनरका चालक शीवनारायण महरालाई पनि पक्राउ गरेको छ ।प्रहरीले लरीबाट नियन्त्रणमा लिइएका ५२ यात्रु र लरीका चालक गरी ५३ जनालाई स्वास्थ्य परीक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको हेल्थ डेस्कमा पठाइएको जनाएको छ ।

Loading...