सेयर बजार पाँच दिनका लागि बन्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई सेयर बजार बन्द गर्न निर्देशन दिएको छ । आइतबार बसेको बोर्ड सञ्चालक समितिले निर्णय गरि विशेष अधिकार गर्दै ५ दिनका लागि बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको हो ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बोर्डको निर्देशन नेप्सेमा पठाएको जानकारी दिए । उनका अनुसार सोमबारदेखि ५ कारोबार दिन बजार बन्द रहनेछ । ‘कोरोनाका कारण बजार बन्द गर्नु पर्छ कि पर्दैन भन्ने विषयमा छलफल गर्यौं, नेप्सेको राय पनि लियौं’ उनले भने सबै बुझ्दा यहि आवश्यकता देखियो र बजार बन्द गर्ने निर्णय भयो ।’

सरकारले अत्यावश्यक बाहेकका कार्यालय बन्द गर्न निर्देशन दिएको छ । सेयर बजार पनि अत्यावश्यकमा पर्दैन तर सरकारी निर्देशन आधिकारिक रुपमा नआएकाले ५ दिनमात्रै बन्द हुने बोर्डले बताएको छ ।

बोर्डले अति आवश्यक परे विशेषअधिकार प्रयोग गरि बढीमा ५ दिन बजार बन्द गराउन सक्ने कानूनी व्यवस्था छ । सेयर बजारका लगानीकर्ताले पनि बजार बन्द गराउन माग गर्दै आएका थिए । उनीहरूले बजार बन्द नगराएको भन्दै आइतबार नेप्से का सीईओ चन्ऽसिंह साउदको ध्यानाकर्षण समेत गराएका थिए ।

Loading...