घरमै बसेर स्वास्थ्य सेवा लिन आह्वान गर्दै चिकित्सक संघद्वारा मोबाइल नम्बर सार्वजनिक

विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट बच्न आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान नेपाल चिकित्सक संघले अपिल गरेको छ । नेपाल सरकारले घोषणा गरे बमोजिम अत्यावश्यक अवस्था बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान संघले अपिल गरेको हो ।

नेपाल चिकित्सक संघले आइतवार एक सूचना प्रेषित गर्दै घरमै सुरक्षित रुपमा रहन अपिल गरेको छ ।संघले देशभरका सम्पूर्ण सर्वसाधारण नागरिकहरुलाई टेलिफोन बाटै स्वास्थ्य सेवा दिने समेत घोषणा गरेको छ । चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयका विशेषज्ञ चिकित्सकहरुलाई टेलिफोनमा सम्पर्क गर्न सकिने संघले जनाएको छ ।

संघले आफना केन्द्रीय पदाधिकारीहरुको टेलिफोन नम्बर नै सार्वजनिक गर्दै टेलिफोन सम्पर्क गर्न आह्वान गरेको हो । परामर्श सेवा दिने चिकित्सकको समयसमेत तोकेर संघले टेलिफोन नम्बर सार्वजनिक गरेको छ । साथै, महासचिव डा बद्री रिजालद्वारा प्रेषित सूचनामा नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरुले परामर्श सेवा प्रदान गर्न चाहने ईच्छुक चिकित्सकहरु र विभिन्न विशेषज्ञ समाजका प्रतिनिधि चिकित्सकहरुको नामावली र उपलब्ध समय तोकी नागरिकहरुलाई उपलब्ध गराउँन समेत निर्देशन दिइएको छ ।

संघले भयभित नबन्न, आवश्यक तयारी गर्न, सुरक्षित र सतर्क रहन समेत सबैलाई अपिल गरेको छ ।
हेर्नुस् विशेषज्ञ चिकित्सकहरुको टेलिफोन नम्बर

https://sites.google.com/nma.org.np/nma-info-covid-19/#h.6ww3kj8syeve

 
 
 
 

Loading...