बसपार्कमा कोरोनासँगै ट्राफिक त्रास, प्रत्येक गाडीबाट ५ हजार उठाउँदै प्रहरी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि नेपालमा पनि ठूलो त्रास उत्पन्न भएको छ । अहिलेसम्म कोरोनाको संक्रमण व्यापक नभए पनि संक्रमण बढ्यो भने त्यसलाई नियन्त्रण गर्ने तयारी र क्षमता निकै कमजोर रहेको भन्दै सरकारप्रति आक्रोश पनि उत्पन्न भइरहेका छन् । यही त्रासले अहिले राजधानी छोडेर गाउँघरतिर जानेहरुको संख्या ह्वात्तै बढेको छ ।

देशको सबैभन्दा बढी आवादी भएको सहर काठमाडौंबाट प्रत्येक दसैमा ठूलो संख्यामा मानिसहरु बाहिरिन्छन । दसैको बेला बसपार्कमा सबैभन्दा ठूलो भिड लाग्छ । कोरोनाको त्रास फैलिएपछि दसैमा जस्तै मानिसहरु धमाधम राजधानी छोड्न थालेका छन् । यातायात व्यवसायीहरुका अनुसार अहिले दसैमा जस्तै भिड नयाँ बसपार्कमा लागेको छ । सरकारले लामो दुरीका सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरे पनि मानिसहरु भने केही दिनसम्मका लागि टिकट बुक गरेर बसेका छन् । अहिले टिकट पाउन नै मुस्किल छ ।

मानिसहरु कोरोनाको त्रासले छिटोभन्दा छिटो राजधानी छाड्ने र गाउँमा जाने तरखरमा छन् । त्यसैले बसहरु भरिभराउ भएका छन् । यहीबेला ट्राफिक प्रहरीले भने चर्को जरिवाना असुल्ने अभियान थालेको छ । नयाँ बसपार्कबाट बाहिरिने बसबाट ट्राफिक प्रहरीले प्रतिगाडी ५ हजारका दरले जरिवाना गर्न लागेको छ । प्राय सबै गाडीबाट मान्छे बढी राखेको भन्दै ट्राफिकले पाँच हजारका दरले पैसा उठाउन लागेपछि यातायात व्यवसायीहरु आक्रोशित भएका छन् । बसपार्कबाट बाहिर निस्कने अाकाशे पुल मुनि नै ट्राफिक प्रहरीले गाडी राखेर जरिवाना उठाउन थालेकाे छ । 

नयाँ बसपार्कमा भेटिएका एक व्यवासायीले भने, एकातिर मानिसहरुको अत्यधिक चाप छ । उनीहरुलाई नगइ भएको छैन । एकदिनमा जाने सबै गाडी भरिएर पनि मानिस चापाचाप भइरहेका छन् । सिट छैन भन्दा पनि मिलाएर लगिदिनुस भनेर अनुरोध गरिरहेका छन मान्छेहरु । यस्तो महामारीको बेला मानवीय भावना पनि हेनुपर्छ । तर, ट्राफिकले एक जना मान्छे बढी राखे पनि ५ हजार जरिवाना गरिरहेको छ । यो त लुटपाट नै हो ।

विराटनगर जान लागेका एक यात्रीले भने, “मैले हिजाे परिवार र केटाकेटीलाइृ पठाए । सिट नपाएर म अाज जाँदैछु ।” परिवारसँगै मिलेर जान्छु भन्दा पनि ट्राफिक प्रहरीका कारणले गर्दा मान्छे लान  नसक्ने भन्दै बस स्टाफले लान नमानेकाे कुरा उनले सुनाए । 

नयाँ बसपार्कबाट छुट्ने अधिकांश बस ९ गतेसम्मका लागि सिट फूल भएकाे व्यवसायीहरु बताउँछन । यस्ताे बेला नयाँ बसहरु थपेर लान पनि नदिइएकाे र गाडीमा पूरा यात्रु पनि लिन नदिइएकाे एक व्यवसायीले बताए । उनले ट्राफिक प्रहरीले व्यवसायीलाइ निकै दु:ख दिएकाे उनले बताए । सुरक्षित यात्रा अाफूहरुकाे पनि प्राथमिकता रहेकाे भन्दै त्यसका नाममा ट्राफिकले पाँच पाँच हजार जरिवाना उठाएर संकटका बेला पैसा कमाउन खाेज्नु सही नभएकाे उनले बताए । 

Loading...