फेरि बढ्यो सुनको मूल्य कति पुग्यो तोलाको?

काठमाडौँ, ७ चैत । केही दिनदेखि ओरालो लागेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ । सुनको मूल्य घटबढ हुने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा आज पाँच सय फेरि बढेको छ । बिहीबार ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेर ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलामा ७४ हजार सात सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Loading...