अध्यक्ष अवालेलाई पितृशोक

नेपाल राष्ट्रिय कर्मचारी महास‌ंघका पूर्व केन्द्रीय सचिव एवं नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय समितिका अध्यक्ष प्रकाश अवालेलाई पितृशोक परेको छ । ललितपुर वार एशाेसिएशनका सदस्य समेत रहेका अवालेका पिता किसलाल अवालेको बुधवार राति निधन भएको हो ।

८४ वर्षकाे उमेरमा ललितपुरको नखिपोटस्थित निवासमा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनी स्नायु सम्बन्धी रोगले ग्रसित थिए । पछिल्लो समय आफ्नै घरमा लडेपछि उनलाई केहि हप्ता अघि मात्र अस्पतालले उपचारपछि डिस्चार्ज गरिदिएको थियो ।

पारिवारिक श्रोतले जनाए अनुसार दिवंगत किसलालको बिहीवार बालकुमारीस्थित घाटमा अन्त्यष्टि समेत गरिसकिएको छ । प्रकाश उनका एक मात्र सन्तान हुन् ।

Loading...