काठमाडौंबाट १० लाख मास्कसहित एक जना पक्राउ

काठमाडौं, ५ चैत । प्रहरीले काठमाडौंको सानो भ(याङबाट १० लाख थान सर्जिकल मास्कसहित एक जनालाई नियन्त्रणमा लिएको छ।कोरोना भाइरसको संक्रमणको मौका छोपेर भइरहेको कालोबजारी नियन्त्रण गर्न प्रहरी निर्दयी हुने बताइरहेको बेला यो परिमाणको मास्क बरामद भएको हो।

प्रहरीले गोरखाका युवराज न्यौपानेलाई पक्राउ गरेको अपराध महाशाखा प्रमुख एसपी सहकुल थापाले जानकारी दिए।

Loading...