कोरोनाको संक्रमणको आशंकामा भरतपुरमा भर्ना भएका चारै जनाको रिर्पोटमा नेगेटिभ

चितवन, ४ फागुन । भरतपुर अस्पतालमा कोरोनाको संक्रमण भएको आशंकामा भर्ना भएका चारै जनामा संक्रमण नदेखिएको बताइएको छ । पछिल्लो पटक भारत भ्रमण गरेर आएकी एक जना महिलामा बिरामी भएपछि भरतपुर अस्पतालले नमुना परीक्षण गर्दा आएको रिर्पोटमा नेगेटिभ देखिएको बताइएको छ ।

अस्पतालले यसअघि पनि तीनजना व्यक्तिको नमुना परीक्षणका लागि काठमाडौं पठाएको थियो । उनीहरुमा पनि संक्रमण देखिएको थिएन् । शंकास्पद लक्षण लिएर परीक्षणका लागि अस्पताल आउने व्यक्तिहरु अन्य सामान्य व्यक्तिको सम्पर्कमा नपुगून भनेर अस्पतालले विशेष सावधानी अपनाएको छ ।

Loading...