हवाई सेवा बन्द हुदा फर्कन नपाएकाहरुलाई २ हप्ताको विशेष विदा दिने साउदीको निर्णय

३ चैत। कोरोना भाईरस (कोभिड–१९) संक्रमणका विरुद्ध लड्नका लागि व्यापक तयारी गरेको साउदी अरबले हवाई सेवाका कारण साउदी फर्कन नपाएकाहरुलाई दुई हप्ते विशेष विदा दिने निर्णय गरेको छ ।

‘साउदीको हवाई सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरुका लागि २ हप्ताको विशेष विदा दिर्ने निर्णय साउदी सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।’ नेपाली दूतावास साउदीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

साउदी सरकारको यस्तो निर्णय बारे जानकारी दिँदै साउदीस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीहरु साउदीमा कोरोना भाइरस फैलदै गएको र त्यसबारेमा सजगता अपनाउन अनुरोध समेत गरेको छ । 

Loading...