लाख नजिक पुगेको सुनको मूल्य आज पनि घट्यो

काठमाडौं, २ चैत । लाख नजिक पुगेको सुनको मूल्य आज पनि घटेको छ । साताको अन्तिम दिन शुक्रबार ७८ हजार पाँच सयमा कारोबार भएको सुनको मुल्य आज साताको पहिलो दिन (आईतबार) १५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केही दिन अघि निरन्तर उकालो लागेको सुनको भाउ निरन्तर ओरालो लाग्दै गएको छ। तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि सुनको भाउ घटन थालेको छ।

Loading...