कोरोना त्रास: सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स हुदै

काठमाडौँ, २ चैत । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि कोरोनाभाइरसको विरुद्ध सार्क राष्ट्रहरु एकजुट भएर लड्ने भएका छन् । कोरोनाभाइरसको महामारीविरुद्ध लड्न साझा रणनीति तयार गर्न आइतबार भारतीय समयअनुसार साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने भएको हो ।

कोरोनाभाइरस विरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच सहकार्य गर्ने प्रस्ताव अघि सारेका थिए । मोदीको प्रस्तावलाई सार्क राष्ट्रहरुले स्वागत गर्दै सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै ट्वीट गर्दै प्रधानमन्त्री मोदीको प्रस्तावमा समर्थन जनाएका थिए ।

Loading...