जुवाकाे खालमा भेटिए प्रचण्ड

काठमाडौं, ४ कार्तिक । अाज तिहारको अन्तिम दिन । अाजबाट दिपवाली-तिहार सकिँदैछ । दिपावलीको अवसरमा देउसी खेल्ने, रमाइलोको लागि जुवा खेल्ने परम्परा छ ।
पछिल्लो समयमा जुवालाई व्यवसायीक रुपमा खेल्ने गरिन्छ । जुवाले धेरैको जीवन वनबास समेत बनाएको छ ।

जनयुद्धको बेला जुवा-रक्सी केही नियन्त्रणमा अाएको थियो तर २०६३ भन्दा यता त्यसको पूर्ति हुने गरिनै खेलिन थालिएको छ । जनयद्धमा जुवा खेल्ने र रक्सी खानेलाई जनकारवाही गर्नेहरु नै अहिले जुवा खालमा भेटिन थालेका छन् ।

कार्यकर्ताहरुलाई गाउँमा रक्सी भट्टी फोड्न अादेश दिन तर अाफू खुट्टा टेक्न नसक्ने गरी रक्सी खाने गरेको कुरा उनीहरुका हातको व्यवहार नै पुष्टि गरिसकेको छ । अरु त अरु जनयुद्धको नेतृत्वकर्ता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जुवा खेल्दै गरेको फोटो सार्वजनिक भएको छ ।

हुन त फोटो पारिवारिक जस्तै छ । बीचमा पैसा थुप्रो छ । भूइमा गोलो घरेकोमा प्रचण्डले तास हेर्दै गरेको फोटोमा देख्न सकिन्छ । यो रमाइलोको लागि खेलिएको भन्न त सकिएला तर रमाइलो गर्ने अन्य उपय अरु नभएको भन्‍न सकिँदैन । जुवा-रक्सी सामाजिक विकृति हो भन्दै नेताहरुलाई गाउँमा जनकारवाहीको अादेश दिएका प्रचण्ड अाफै जुवा खालमा बस्नु राम्रो होइन । यो एउटा संस्कार र संस्कृति हो । नेताहरुले कस्तो संस्कृति कार्यकर्ता र जनतालाई सिकाउछन् भन्‍ने हुन्छ ।

Loading...