कोभिड-१९ बारे जानकारी दिन सरकारले स्थापना गर्‍यो २४ घन्टे कल सेन्टर

काठमाडौं, ३०फागुन । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेसंगै कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबारबाट कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ।

रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो।

अब आजबाट कसैलाई कोरोना भाइरसबारे केही जान्न मन लाग्यो भने १११५ नम्बरमा कल गर्न सक्नेछन । उनले कल सेन्टरलाई २४ सैं घन्टा सञ्चालनमा ल्याइने बताए। कल सेन्टरमा ६ जना कर्मचारी हुन्छन्। उनिहरूले नै मानिसहरूले सोधेको प्रश्नको उत्तर दिनेछन,उनले भने।

अब कसैले आफूलाई औषधी र अस्पतालबारे जानकारी लिन चाहे कल सेन्टरबाट लिन सक्नेछ । पाण्डेका अनुसार कोरोना भाइरसबाहेक अन्य चासो पनि कल सेन्टरमा फोन गरेर सोध्न सकिनेछ।

Loading...