विद्यालयलाई केन्द्रको निर्देशन, चैत ७ भित्र विवरण नपठाए सुविधा रोकिने

काठमाडौं, ३० फागुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विद्यालयहरुलाई आवश्यक विवरण तत्काल पठाउन निर्देशन दिँदै अन्यथा सुविधा रोकिने स्पष्ट पारेको छ ।

नमूना विद्यालय छनोट भएका विद्यालयहरुले न्युनतम रुपमा नमुना विद्यालयका लागि स्वीकृत गुरुयोजना, अंग्रेजी गणित र विज्ञान विषय शिक्षकको विवरण, निर्दे्शिका बमोजिम प्रधानाध्यापकको नियुक्तिको विवरण विवरण निर्देशिका बमोजिम अनिवार्य पठाउनुपर्नेमा केहीले अझै नपठाएका केन्द्रले जनाएको हो ।

केन्द्रले एउटा सूचना जारी गर्दै २०७६ चैत्र ७ गते भित्रमा आफ्नो विवरण पेश गर्न अनुरोध गर्दै अन्यथा आगामी वर्षमा नमुना विकासका लागि नेपाल सरकारबाट प्रदान गरिने सुविधामा कटौती हुन सक्ने अवस्था आउने स्पष्ट पारेको हो । 

Loading...