एनसेलले ल्यायो अझ बढी बोनसका साथ ‘कलआयो पैसा पायो’ अफर

काठमाडौँ, ३० फागुन । एनसेलले फेरि ल्यायो अझ बढी बोनसका साथ ‘कलआयो पैसा पायो’ अफर एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकहरुले औधि मन पराएको अफर यो वर्ष पनि ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेटको रु २ बोनस स्वरुप प्राप्त गर्दछन् ।

यो अफर बुधबार (फागुन २८) बाट लागु भएको छ र ३ महिनासम्म जारी रहनेछ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाई र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म रु २ को दरले बोनस पाउँछन् । यसको अर्थ अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गर्दा ग्राहकले रु २० सम्मबोनस प्राप्त गर्नेछन् । यसरी प्राप्तबोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्तबोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।

एनसेलका सबै प्रिपेड तथापोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजनानिःशुल्क सुचारु गरी लाभलिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।

बोनसका साथै, अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनिजित्न सक्नेछन् । यो योजनाअवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउनेछन् । एक हप्ताको समयावधिमाग्राहकले पाएको बोनस, कुलअन्तर्राष्ट्रिय आगमनकल र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ ।

आफ्ना परिवारका सदस्य, आफन्तवा साथीभाई विदेशमा रहेका र उनीहरुसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहककालागिथपलाभ सुनिश्चितगर्दै यो आकर्षक योजनाल्याउनपाएकोमा कम्पनीहर्षित रहेको एनसेलले जनाएको छ । यो योजनाअन्तर्गत प्राप्तहुने बोनसले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहेका अन्यआफन्तजनतथा साथीभाईसँग थप सम्पर्कमा रहनमद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

Loading...